हङकङ सरकारले सम्पादकहरुसहित ६ जनालाई पक्राउ

एजेन्सी। हङकङ सरकारले एउटा स्वतन्त्र समाचार संस्थाबाट ६ जनालाई पक्राउ गरेको छ।
समाचारमार्फत राज्यविरुद्ध षडयन्त्र गरेको आरोप लगाउँदै प्रहरीले स्ट्यान्ड न्युज समाचार संस्थाका वर्तमान तथा पूर्व सम्पादकहरुसहित केही कर्मचारीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा स्ट्यान्ड न्युजका वर्तमान तथा पूर्वसम्पादकहरु छन्। त्यस्तै, प्रकाशनगृहका पूर्व बोर्ड सदस्य तथ पप स्टार डिनाइज हो पनि पक्राउ परेकी छिन्। आफूलाई प्रहरीले पक्राउ गरेर पश्चिम जिल्ला प्रहरी स्टेसनमा राखेको उनले आफ्नो फेसबुक पोस्टमा जानाकारी दिएकी छन्। पक्राउ पर्ने अन्य व्यक्तिहरु ३४ देखि ७३ वर्षका छन्।
प्रकाशन गृहमा छापा मार्न २०० भन्दा प्रहरी अधिकारी पठाइएको र प्रहरीले सो प्रकाशनगृहमा अझै पनि खानतलासी गरेको प्राप्त समाचारमा जनाइएको छ। प्रकाशनगृहका समाचारसम्बन्धी कागजात नियन्त्रण गर्न आफूहरुले अधिकार पाएको एक विज्ञप्तिमा प्रहरीले जनाएको छ।




