सूचना प्रबिधि

चीनले निर्माण गर्यो ‘कृत्रिम सूर्य’

एजेन्सी। चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ। भविष्यमा स्वच्छ ऊर्जाका लागि मार्गप्रशस्त गर्न भन्दै वास्तविक सूर्यभन्दा पाँच गुणा तातो कृत्रिम सूर्यको परीक्षण गरेको थियो ।एक्सपेरियन्सल एड्भान्स्ड सुपरकन्डक्टिङ टोकामाक (ईएएसटी) नाम दिइएको परीक्षणलाई बेइजिङले पारमाणविक फ्युजन भट्टी भनेको छ ।

७ करोड डिग्री सेल्सियस ताप भएको सो भट्टीलाई १७ मिनेटभन्दा बढी समय सञ्चालनमा ल्याइएको थियो । पछिल्लो परीक्षणले वैज्ञानिकहरुलाई ‘असिमित स्वच्छ ऊर्जा’ तर्फ अघि बढेको विज्ञहरुले बताएका छन् । साउद चाइन मर्निङ पोस्टको एउटा रिपोर्टअनुसार कृत्रिम सूर्यको तापक्रम ७ करोड डिग्री सेल्सियस थियो । त्यो भनेको वास्तविक सूर्यभन्दा पाँच गुणा तातो हो । कृत्रिम सूर्यको यो तापक्रम १७ मिनेट ३६ सेकेन्डसम्म रहेको थियो ।

हाइड्रोजन र डियुटेरियमलाई उमालेर प्लाज्मा बनाइ सो भट्टीको तापक्रमक सूर्यकोभन्दा पाँच गुणबढी बनाइएको छ । कृत्रिम सूर्य चलाउन जीवाशेष इन्धनको आवश्यकता नपर्ने तथा त्यसले कुनै हानिकारक चिज उत्सर्जन नगर्ने भएकाले यसलाई भौतिकशास्त्रीहरूले वातावरणमैत्री मान्दै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>