गण्डकी प्रदेशधर्म संस्कृतिस्थानीय

गोर्खा पालुङ्गटारमा पास्टर अभिषेक तथा अगुवा नियुक्ति कार्यक्रम सम्पन्न

मकलसि राई, गोर्खा। गोर्खा जिल्लाको पालुङ्गटार नगरपालिका स्थित अर्चले लामाटारी मण्डलीमा पास्टर अभिषेक तथा अगुवा नियुक्ति कार्यक्रम सम्पन्न भएको छ।

पुष २९ गत्ते पुष २९ गत्ते बिहिबार करिब १५० जना पास्टर अगुवा तथा बिस्वासीहरुको उपस्थितिमा पालुङ्गटार इसाई समाज र अर्चले लामाटारी स्वोतन्त्र मण्डलीको सहकार्यमा सम्पन्न भएको हो। उक्त कार्यक्रममा गाइखुरी सृष्टि मण्डलीका पास्टरको रुपमा पास्टर नवराज श्रेष्ठलाई र अर्चले लामाटारी स्वोतन्त्र मण्डलीका सह पास्टरको रुपमा बुधु तामांग र एल्डरको रुपमा बुद्धि तामांगलाई पास्टर मिन लामा तामाङले सिरमा तेल लगाएर अभिषेक गर्नुभएको थियो।

कार्यक्रम पास्टर बुद्धिमान तामांगको अध्यक्षता रहेको थियो। भने पास्टर बिल तामांगले बचनबाट अगुवाको गुण र चुनौतीको बारेमा बताउनुभएको थियो। प्रमुख प्रमुख अतिथि तथा पालुङ्गटार इसाई समाजका अध्यक्ष सोल फिष्ट लामाले अभिषेक गरिएका पास्टर र नियुक्ति भएका अगुवाहरुलाई प्रतिज्ञा पत्र, सम्मान तथा कदर पत्र साथै बधाई तथा सुभाकंमाना पत्र प्रदान गर्नुभएको थियो।

स्थानिय अर्चले लामाटारी स्वोतन्त्र मण्डलीका अन्य अगुवाहरुलाई पनि अभिषेकको प्रार्थना गरेको थियो भने कार्यक्रमका अध्यक्ष पास्टर बुद्धिमान तामांगले सबैलाई बधाई तथा धन्यवाद दिदै कार्यक्रम समापन भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>