समाचारस्थानीय

मन्त्री परिषदको निर्णयको बिरुद्धमा बिरोध कार्यक्रम

नबिन शाह, महोत्तरी। महोत्तरी स्थित रामगोपालपुर नगरपालिकाको मालपोत र नापी कार्यालयबाट प्राप्त हुने सेवा र सुविधा जलेश्वरबाट भइरहेकोमा मन्त्री परिषदको निर्णयले गौशाला महोत्तरीमा मालपोत र नापी कार्यालयको सेवा र सुविधा सारिएको हुदा मन्त्री परिषदबाट गरिएको यस कार्यको बिरोधमा रामगोपालपुर नगरपालिकाको मेयरको नेत्रित्वोमा सर्वदलिय बैठक रामगोपालपुरको समुदायिक भवनमा बैठक सम्पन्न भएको छ।

बैठकमा रामगोपालपुर नगरपालिकाको मेयर राम दुलार साहको नेतृत्वमा मन्त्री परिषदको निर्णयको घोर भत्सना गर्नुको साथै मन्त्री परिषदको निर्णयलाई गैरजिमेवार निर्माण बताउनु भएको छ। यस कार्यलाई अभिलम्ब रोक्नलाई रामगोपालपुर नगरपालिकाको मेयर राम दुलार साहको समयोजकत्वमा १०५ सदस्य सँघर्ष समिति चयन गर्नुका साथै मन्त्री परिषदको निर्णयको‌ बिरोधमा पुतला दहन गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>