राजनीति
माघ २० गते सम्ममा प्रदेश १ को नाम टुंगो लाग्ने : मुख्यमन्त्री राई

४ माघ,काठमाडौँ। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माघ २० गतेभित्र बस्ने प्रदेशको नवौं हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने स्पष्ट पारेका छन्।
आज (मंगलबार) सञ्चारकर्मीसँगको कुराकानीमा मुख्यमन्त्री राईले यस्तो बताएका हुन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘माघ २० गतेभित्र प्रदेशको नवौं तथा हिउँदे अधिवेशन सुरु हुन्छ। त्यही अधिवेशनबाट नामको टुंगो लगाउने तयारी छ।’




