राजनीति

पुर्वमन्त्रि नविन्द्रराज जाेशिकाे ५७ बर्षकाे उमेर मा निधन

दिपेश श्रेष्ठ, चैत १३ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उद्योग मन्त्री नविन्द्रराज जाेशीकाे निधन भएकाे छ ।

गत फागुन १४ गतेदेखि मष्तिष्कघातकाे कारण नर्भिक अस्पतालकाे अति सघन कक्षमा उपचाररत जाेशीकाे ५७ बर्षकाे उमेर अाज निधन भएको हाे। वि.सं. २०२० साल पुस २४ गते जन्मिनुभएका स्वर्गीय जाेशीका श्रीमती र एक छाेरी छन् । गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट जाेशी वामगठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसंग पराजित हुनुभएकाे थियाे ।

२०३६ सालकाे विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाएका जाेशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बन्नुभएकाे थियाे । उहाँ प्रचण्ड नेतृत्वको माओवादी-कांग्रेस गठबन्धन सरकारमा उद्योग मन्त्री बन्नुभएकाे थियाे । स्वर्गीय जाेशी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत हुनुहुन्थ्याे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>