राजनीति

मन्त्री यादवको बचाउमा जसपाको विज्ञप्ति !

माघ ९, काठमाण्डौं,राजकुमार सुब्बा। भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले सिके राउतको हत्या गर्ने धम्की सार्वजानिक रुपमै दिएको भन्दै ब्यापक विरोध भईरहेको बेला जनता समाजवादी पार्टी(जसपा)ले उनको बचाउमा शनिबार एक विज्ञप्ति जारी गरेको छ।

मन्त्री यादव गत ५ गते बुधबार समाजवादी युवासंघ नेपालद्वारा आयोजित बलिदानी दिवसको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन रौतहट जाने क्रममा जनमत पार्टीका कार्यकर्ताहरुले उनलाई अवरोध गरेका थिए। त्यसैको प्रतिउत्तर स्वरुप यादवले आफ्नो पदीय मर्यादाको समेत ख्याल नगरी त्यस्तो धम्कीपूर्ण अभिव्यक्ति दिएकी थिईन।

जसपा (जनता समाजवादी पार्टी) केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको उक्त विज्ञप्तिमा मन्त्री यादवको अभिव्यक्तिको विषयमा भन्व केहि पनि उल्लेख गरिएको छैन। तर सिके राउतको जनमत पार्टीलाई उसको हिंसात्मक कृयाकलाफरु रोक्न कडा चेतावनी दिईएको छ। साथै जनमत पार्टीद्वारा गराईएका उदण्ड, गैर-राजनैतिक र अपराधिक कार्यहरुको विरोध र भत्सर्ना समेत गरिएको छ।

यसै विज्ञप्तिमा जनमत पार्टीद्वारा गराईएका उदण्ड, गैर – कानूनी, असामाजिक,र अमर्यादित कृयाकलापहरुलाई नियन्त्रण गर्न नेपाल सरकारसँग आग्रह समेत गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>