राजनीति

नेपालको प्रगतिको लागि पनि एमसीसी लिनु पर्छ :डा. सुन्दरमणि दिक्षित

काठमाडौं। नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले नेपालको प्रगतिको लागि पनि एमसीसी लिनुपर्ने बताएका छन्।

उनले नेपाल अहिले टाट पल्टिएको अवस्थामा रहेको उल्लेख गर्दै कसैले दिने सहायता स्विकार गर्नुपर्नेमा जोड दिए। कुरा गर्दै उनले एमसीसी लिँदा नेपालको हित हुने सुनाए। उनले अहिले मुलुकको प्रगति हेर्नुपर्ने बताए। उनले भने,‘अहिले एमसीसीमार्फत पाँच सय मिलियन डलरको विशुद्ध अनुदान आईरहेको छ, यो असाध्यै राम्रो कुरा हो। चीनको त कमसेकम लोन हो। अहिले हाम्रो बाटोहरुको के के दशा छ रु हेर्नुहोस त। राजधानीभन्दा बाहिर कस्तो दशा छ। यसले त बाटोघाटो र ट्रान्समिशन लाईन दिएको छ। हाम्रो विजुली धेरै भैसक्यो।

कसलाई बेच्ने हो ? हामी त फस्छौं। एमसीसी त लिनुपर्छ।’ उनले प्रचण्ड र माधव नेपाल दुवै प्रधानमन्त्री भैसकेको व्यक्ति भन्दै त्यतिवेला उनीहरुले एमसीसीको विरोध किन नगरेको रु भनेर प्रश्न उठाए। नेपालमा तँ भन्दा ज्यादा म कम्युनिष्ट हुँ भनेर देखाउनको लागि एमसीसीको विरोध गरेको सुनाए। उनले अमेरिकाले आएर नेपाललाई कब्जा गर्छ भनेर हल्ला चलाईएकोप्रति पनि आक्रोश पोखे। उनले चीनले नेपाललाई राम्रो सहयोग गरेको उल्लेख गरे। तर, उसले भनेको कुरा हामीले मान्न नपर्ने उनको भनाई छ। उनले आफ्नो मुलुकलाई जे आवश्यक छ त्यो गर्नुपर्ने बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>