खेलकुद

इको प्यानल चेस फर अल प्रतियोगितामा सम्पन्न

काठमाडौं, फागुन ७ । नेपाल इको प्यानलको आयोजनामा बिहीबार सम्पन्न नेपाल इको प्यानल चेस फर अल फिडे ¥यापिड रेटिङ १७०० मुनि चेस प्रतियोगितामा मोरगका भरत धिमाल प्रथम हुन सफल भएका छन् । ४२ जिल्लाका एक सय ४८ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेको खेलमा धिमाल पहिलो हुन सफल भएका हुन् । प्रतियोगितामा भारतबाट दुई जना खेलाडीको समेत सहभागिता रहेको थियो ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत सिइओ इन्जिनियर कृष्णभक्त दुुवालले नगदसहित शिल्ड तथा प्रमाणपत्र वितरण गरे । राष्ट्रिय चेस समुदायको समन्वय तथा नेपाल इको प्यानलको सहयोगमा आयोजना भएको प्रतियोगिताको उद्देश्य १७०० भन्दा कम रेटिङ भएका उदीयमान खेलाडीलाई अवसर प्रदान गर्नुका साथै चेस खेलमा समावेशी सहभागिता प्रवद्र्धन गर्नु रहेको जनाइएको छ ।

आयोजकका अनुसार खेलकुदमार्फत वातावरणमैत्री सोच प्रवद्र्धन गर्दै चेस सबैका लागि सुलभ बनाउने हाम्रो लक्ष्य हो । अपेक्षा भन्दा बढी प्रतियोगिहरुको सहभागिताले देशभरका युवा तथा चेसप्रेमीहरूमा बढ्दो आकर्षण देखाएको जनाएको छ । देशका विभिन्न जिल्ला, विद्यालय, कलेज तथा क्लबबाट खेलाडीहरू प्रतिस्पर्धामा उत्रेको आयोजकले जनाएको छ । यसले पछिल्लो समयकै विविधतापूर्ण ¥यापिड रेटिङ प्रतियोगितामध्ये एक हुने अपेक्षा गरिएको छ ।

भारतका खेलाडीको सहभागिताले प्रतियोगितालाई क्षेत्रीय स्तरमा समेत पहिचान दिलाएको आयोजकको विश्वास छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>