अन्तराष्ट्रिय

चुनौतीबीच बाइडेनको पहिलो एसिया भ्रमण सुरु

८ जेठ, काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो पहिलो एसिया भ्रमण सुरु गरेका छन्। एसियाली साझेदारसँगको सम्बन्धलाई थप बलियो बनाउन केन्द्रित हुने अपेक्षा गरिएको बाइडेनको भ्रमण दक्षिण कोरियाको सियोलबाट सुरु भएको छ। उनी आइतबार टोकियो पुगेका छन्।

टोकियो बाहिरको योकोटा एयर बसमा अवतरण भएसँगै उनले जापान भ्रमण सुरु गरे। क्वाड क्षेत्रीय समूहको शिखर सम्मेलनमा सामेल हुनुअघि सोमबार बाइडेनले जापानका प्रधानमन्त्रीसँग भेट्ने र यस क्षेत्रको लागि अमेरिकी नेतृत्वको व्यापार पहलको अनावरण गर्ने कार्यक्रम रहेको समाचारमा जनाइएको छ। बाइडेनले शनिबार दक्षिण कोरियाली राजधानीमा राष्ट्रपति युन सुक योलसँग पहिलो शिखर वार्ता गरेका थिए। सियोलमा भएको दुई समकक्षीबीचको वार्ताका क्रममा दुवै मुलुकसँगको गठबन्धन गहिरो र व्यापक रणनीतिक सम्बन्धमा परिपक्व हुँदै गएको धारणा व्यक्त गरिएको थियो।

टोकियो प्रस्थान गर्नुअघि सियोल भ्रमणको अन्तिम दिन बाइडेनले उत्तर कोरियालाई सामान्य सन्देश दिए। ‘हेलो…पिरियड’ उनले भने। उत्तर कोरियाका पछिल्ला आणविक परीक्षणलाई लिएर आफूले चासो नदिएको बाइडेनले बताएको रोयटर्सले जनाएको छ। किमको लागि तपाईंको सन्देश के छ भनेर सोधिएको जिज्ञासामा बाइडेनले केही भन्न नचाहेको विवरणमा उल्लेख छ। एकातिर उत्तर कोरियाको आणविक संकट र अर्कोतिर एसियामा चीनको प्रभुत्व विस्तारबीच राष्ट्रपति बाइडेनले एसियाली भ्रमण थालेका हुन्। केही महिनाअघि उपराष्ट्रपति कमला ह्यारिसले सिंगापुर, इन्डोनेसिया र भियतनाम भ्रमण गरेकी थिइन्।

विश्लेषकले बाइडेनको एसिया भ्रमण चिनियाँ प्रभावलाई चुनौती दिंदै अमेरिकी प्रभुत्वलाई कायमै राख्न केन्द्रित हुने जनाएका छन्। जापान, दक्षिण कोरिया र अष्ट्रेलिया क्वाड संगठनका सदस्य हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>