राजनीति
प्रत्येक परिवारलाई अनुदानमा एक विद्युतीय चुल्हो

१० जेठ, काठमाडौं। सरकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने भएको छ। आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।
अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमार्फत एक विद्युतीय चुल्हो अनुदानमा दिने व्यवस्था गरिएको बताए।




