सूचना प्रबिधि
घट्यो दूरसञ्चार सेवा शुल्क, इन्टरनेट र मोबाइल सेवा सस्तो हुने

सरकारले दूरसञ्चार सेवा शुल्कको दर घटाएको छ। आर्थिक विधेयक २०७९का अनुसार १३ प्रतिशतले लिइँदै आएको दूरसञ्चतार सेवा शुल्क १० प्रतिशत कामय गरिएको हो।
यसअघिको सरकारले टेलिफोन, इन्टरनेट र मोइलजस्ता सेवमा एकैपटक १३ प्रतिशत कर थोपरेको थियो। सेवा प्रदायकले यस्तो शुल्क ग्राहकबाटै असुलेर सरकारलाई बुझाइरहेका छन्। यसले गर्दा इन्टरनेट सेवा शुल्क महँगिएको थियो। कर घटेसँगै सेवा शुलक सस्तो हुने सरकारको अपेक्षा छ।
आइतबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले इन्टरनेट सेवालाई सर्वसुलभ बनाउन इन्टरनेट सेवा शुल्क घटाउने बताएका थिए। यस्तै दूरसञ्चार सेवालाई गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउने कार्यक्रम समेत सरकारले सार्वजनिक गरेको छ।