पैसाकै लागि गीत बनाएको भए हटाउने थिइँन : दुर्गेश थापा

काठमाडौंमा । गायक र मोडल दुर्गेश थापाले हालै नयाँ तीज गीत ‘बिच बिचमा २’ प्रस्तुत गरेका छन् । यो गीत सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा, उनको नयाँ चलचित्र ‘मास्टर्नी’ को प्रवर्धन गीत युट्युबबाट हटाइएपछि ठूलो चर्चा भयो ।
यो सन्दर्भमा पत्रकारले दुर्गेशसँग प्रश्न गरेका थिए किन उनले उक्त प्रवर्धन गीत बनाएको र पछि किन हटाएको । दुर्गेशले प्रतिउत्तर दिँदै भने कि, ‘गीत विवादित भएको कारणले आजसम्म कसैले यसरी निजी बनाएको देख्नुभएको छ ?’
उनले भने कि गीत हटाउने निर्णय कुनै अदालत, प्रशासन, वा सरकारी निकायको निर्देशनमा नभई दर्शकको भावना सम्मान गर्दै गरेको हो । ‘कसैले पनि मलाई पत्र काटेर गीत हटाउन भनेको थिएन । दर्शकको अनुरोधलाई सम्मान गर्दै मैले आफैं निजी बनाएको हुँ । यदि यो पैसाको लागि बनाएको भए, कहिल्यै पनि हटाउने थिएन,’ उनले स्पष्ट पारे ।
दुर्गेशले चर्चा गरिएका गीतको आलोचकहरूले राम्रोसँग सुन्ने हो भने फरक बुझाइ हुन सक्छ भनेका छन् । उनले प्रश्न गर्दै, ‘हरेक गीत सुन्दा र गाएको बेलामा राम्रोसँग मनन् गरेको भए राम्रो सुनिन्थ्यो होला नी ‘ दुर्गेशले आफूबाट केही कमजोरी भएको स्वीकार गर्दै यो सच्याउने उद्देश्यले गीत हटाएको बताएका छन् ।
तीज गीत ‘बिच बिचमा २’ परम्परागत शैलीका तीज गीतभन्दा फरक, नाच्न मिल्ने शैलीमा बनाइएको उनले बताए । ‘तीज गीतको परम्परागत शैलीभन्दा अलग नेपाली गीतमै रमाउन सकियोस् भन्ने उद्देश्यले यो गीत तयार पारिएको हो,’ उनले भने ।



