मनाेरञ्जन

ह्याकरको कब्जामा म्युजिक नेपालको युट्युब च्यानल

काठमाडौं। नेपालमा सबैभन्दा बढी सब्सक्राइबर रहेको म्युजिक नेपालको युट्युब च्यानल ह्याकरको कब्जामा पुगेको छ।

ह्याकरले च्यानललाई नियन्त्रणमा लिएर ‘टेस्लाको लाइभ गरेका छन्। टेस्ला सबैभन्दा धनी एलन मस्कको कम्पनी हो।उक्त च्यानलमा ६९ लाखभन्दा बढी सब्सक्राइबर छन्। म्युजिक नेपालले च्यानल ह्याक भएको जानकारी दिंदै नियन्त्रणमा आइसकेको जनाएको छ। तर नाम भने परिवर्तन भएको छैन। यो च्यानल नेपालमा सबैभन्दा बढी सब्सक्राइबर भएको च्यानल समेत हो। ह्याक भए पनि च्यानलमा रहेका भिडियो भने गायब छैनन्। यसअघि ओएसआर डिजिटल, बुढा सुब्बा डिजिटल, सगरमाथा टीभी, गायक कमल खत्री, भिटेन लगायतका च्यानल ह्याक भएका थिए।

अघिल्लोपटक ह्याक भएका च्यानलबाट क्रिप्टोकरेन्सीको लाइभ हुने गरेका थिए। यसपटक चाहिं नाम परिवर्तन गरेर टेस्ला लाइभ मात्र लेखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>