प्रदेशप्रदेश १समाचारस्थानीय

रौतामाई गाउँपालिकाका युवाहरुले अध्यक्षलाई ज्ञापन पत्र बुझाए

दिपेन्द्र राई, उदयपुर। रौतामाई गाउँपालिकाका युवाहरुको एक समूहले नव निर्बाचित अध्यक्ष बिरेन्द्र कुमार मगरलाई भेट गरि सुभकामना तथा ज्ञापन पत्र बुझाएका छन।

भ्रस्टचार, अनियमितताको बिरुद्धमा लड्नको लागि भन्दै लागिपरेका युवाहरुको एक समुहले रौतामाई गाउँपालिकाका अध्यक्ष बिरेन्द्र कुमार मगरलाई पालिका कार्यालयमा भेट गरि सुभकामना तथा ज्ञापन पत्र बुझाएका थिए। विभिन्न ठाउँमा हुँदै आएको भ्रस्टचार अनियमितताको छानबिन, शिक्षा प्रणाली सुधार, कृषि बिकाश, पर्यटन बिकाश, खेलकुदको बिकाश,स्वास्थ्यको बिषय, युवाहरुको बिषय, पर्यावरन तथा प्रकृतिक श्रोत, साधनको बारेमा साथै राजश्व संकलन सम्बन्ध जस्ता बुंदाहरुलाई स्थानिय सरकारले उच्च प्राथामिकताको साथ हेर्नुपर्ने ज्ञापन पत्रमा उल्लेखित छन्।

उक्त उल्लेखित बिषयलाई कार्यन्वयन नगरेको खण्डमा दबाब र गरेको खण्डमा सघाउ पुर्याउने युबाहरुको प्रतिबद्धता थियो। उक्त समुहका सुरेन चाम्लिङ्गले ज्ञापन पत्र वाचन गरेर सुनाएर हस्तान्तरण गरेको थियो। पालिकाका अध्यक्ष बिरेन्द्र कुमार मगरले युवाहरुले राम्रो कामको थालनी गरेको भन्दै सराना गर्नुभएको थियो। ज्ञापन पत्र भित्र रहेको केही बुंदाहरु तत्कालै गर्न सकिने र आबश्यक रहेको जानकारी ब्यक्त गर्नु भएको थियो। साथै सबै बुंदाहरु क्रमश लागु गर्ने प्रतिबद्धता सहित अध्यक्ष मगर ले ज्ञापन पत्र ग्रहण गर्नुभएको थियो। यस्तो अभियान निरन्तर चलाउनु पर्ने सुझाब पनि दिनुभएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>