कृषि

१ टनभन्दा बढी तौल भएको फर्सी फलाएर इतिहास, लक्ष्य गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स

१ टनभन्दा बढी तौल भएको ९२८ किलोग्रामको दैत्याकार फर्सी फलाएर एक अमेरिकी किसानले औपचारिक इतिहास रच्न सफल भएका छन् । अब उनको लक्ष्य गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउने रहेको छ ।

२८ असोज, काठमाडौँ । अमेरिकाको विस्कॉन्सिन राज्यको नेकूसा शहरमा आयोजित Wisconsin Giant Pumpkin Growers (WGPG) प्रतियोगितामा यो अद्वितीय उपलब्धि हासिल भएको हो । किसान लेयर्डले (जो Growing Giants with Laird का सदस्य हुन्) कठिन खेती सिजनका बाबजुद, २,०४६ पाउन्ड अर्थात ९२८ किलोग्राम तौलको विशाल फर्सी उत्पादन गरी प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेका छन् ।

लेयर्डका अनुसार यो दिन उनको जीवनकै अविस्मरणीय क्षण हो । उनले साझा गर्दै भने कि प्रतिकूल मौसम र चुनौतिपूर्ण खेती सिजनका बावजुद, उनको परिवार र साथीहरूको निरन्तर साथले यस्तो सफलता सम्भव भएको हो । उनले भने, “हामीले अन्ततः एक टनभन्दा बढी तौलको फर्सी फलाउन सफल भयौं । अब अझ ठूलो प्रयासको तयारी गर्नुपर्छ !”

यस उपलब्धिको श्रेय उनले Hsu Growing Supply, MycoMaxx Garden, New Age Farming, GS Plant Foods, Be Organics, Ferti-Organic, MycoGasm र Heber Hall जस्ता संस्थालाई दिएका छन्, जसले कम्पोस्ट, अर्गानिक मल, फंगी नियन्त्रण तथा रोग प्रतिरोधका लागि सामग्री उपलब्ध गराएका थिए ।

हालसम्म विश्वको सबैभन्दा ठूलो फर्सी गिनिज वर्ल्ड रेकर्ड्स अनुसार २,७४९ पाउन्डको रहेको छ । लेयर्डद्वारा उत्पादन गरिएको २,०४६ पाउन्ड तौलको यो फर्सीले नयाँ सम्भावनाको ढोका खोल्दै विश्व रेकर्ड नजिक पुग्ने लक्ष्य प्रस्तुत गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>