समाचार

पत्रकार श्रेष्ठलाई बिनासर्त रिहा गर्न पत्रकार महासंघको माग

महासंघले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्यसत्ताको आडमा स्वेच्छाचारी शैली अपनाइएको भन्दै घटनाको भर्त्सना गरेको छ ।

नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तले साइबर ब्युरोमा दिएको उजुरीका आधारमा किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनालाई अस्वीकार्य ठहर गरेको छ ।

महासंघका अनुसार जनआस्था साप्ताहिकमा धादिङ जिल्लामा छिमेकीको दस रोपनी जग्गा हडपिएको विषयसम्बन्धी समाचार प्रकाशित भएपछि उक्त समाचारलाई लिएर उजुरी दर्ता गरिएको थियो । सोही उजुरीको कारण, प्रहरी टोलिले एसएसपी सन्तोष खड्काको नेतृत्वमा ललितपुरको नख्खुस्थित श्रेष्ठको निवासबाट उनलाई पक्राउ गरेको हो ।

महासंघले घटनालाई प्रेस स्वतन्त्रता तथा संविधानीक अधिकारविरोधी कार्यको रूपमा मूल्यांकन गरेको छ । साथै, प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार मिच्दै राज्यसत्ताको समर्थनमा गरिएको स्वेच्छाचारी कार्यको निन्दा गरेको छ । यस्तो घटनाले लोकतान्त्रिक मूल्य र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यता खलल पुर्‍याएको महासंघको निष्कर्ष छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा, समाचारसम्बन्धी कुनै विवाद भए कानूनी प्रक्रिया अवलम्बन गरेर टुँगो लगाउनुपर्ने र पत्रकार श्रेष्ठलाई तुरुन्तै बिना सर्त रिहा गर्नुपर्नेमा जोड दिइएको छ । साथै, प्रेस काउन्सिल नेपाललाई आफ्नो क्षेत्राधिकार प्रभावकारी रूपमा उपयोग गर्न आग्रह पनि गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>