भिडियो

राजदूत सुवेदीले ल्याए ‘कोरोनाको महामारी’

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको ‘कोरोनाको महामारी’ बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ ।

राजदूतकी पत्नी पुनम राज्यलक्ष्मी सुवेदीको प्रस्तुति रहेको उक्त गीतको रचना राजदूत सुवेदीले गरेका छन् । साहित्यिक उपनाम दुबसु क्षत्रीका रुपमा परिचित सुवेदीका गीत, कविता र गजल गरी झण्डै एक दर्जन बढी साहित्यिक रचना लगायत ‘म जस्तै तिमी पनि’, ‘तिम्रो तस्वीर आँखाभरि’, ‘निर्मम यादहरु’ जस्ता गीत गजल पनि स्वरवद्ध भइसकेका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनालाई मध्यनजर गर्दै संगीतको माध्यमबाट जनचेतनामूलक सन्देशको रुपमा म्यूजिक भिडियो तयार गरिएको छ ।
उक्त गीतमा वरिष्ठ गायकहरु रामकृष्ण ढकाल, आनन्द कार्की, विश्व नेपाली, रोशन अधिकारी र प्रविशा अधिकारीको स्वर छ । वरिष्ठ संगीतकार शिखर सन्तोषको संगीत निर्देशन तथा गोपाल रसाइलीको संगीत संयोजन रहेको यस म्यूजिक भिडियोमा दीपाश्री निरौला र सरिता लामिछानेको अभिनय छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>