
काठमाडौँ। उदयपुरका २० भन्दा बढी मजदुर नेताहरुद्वारा एमाले, माओबादी पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) मा प्रवेश गरेका छन्।
किशोर चाम्लिङ्ग राई, राज राई (भीमकुमार ), सूर्यमान बम्जन, कृष्ण राज राई, तिलक राई, जयबहादुर राई, सर्बन राई, दिपेन्द्र राई, राजु राई, बखत बहादुर राई, प्रेम कला राई, शिर्जना राई, चक्र बहादुर राई, फुर्बा तामांग, विशाल राई, कर्ण गिरि, मनोज तामांग, मन बहादुर तामांग, शशिकला राई , लगाएतले एमाले परित्याग गरेका हुन् भने नारायण राईले माओबादीको वडा सचिव परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजबादी) मा प्रवेश गरेका हुन्।
पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधव कुमार नेपाल र प्रवक्ता जगनाथले नव प्रबेशिहरुलाई अविर र खादा ओडाएर स्वागत गर्नु भएको थियो। किशोर राई र राज राईको नेत्रित्वमा २० जना द्वारा एमाले परित्याग गरि ने.क.पा.(एकीकृत समाजबादी)मा समाहित भएका हुन्।




