अन्तराष्ट्रिय

नेपाललाई चीनले १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने

परराष्ट्रमन्त्री डा नारायण खड्का तीन दिने चीन भ्रमणका रहेका र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ। येल्लो सी रहेको तटीय सहर छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका हुन्।

दुई मन्त्री भेटवार्ता सौहार्दपूर्ण र फलदायी भएको बताइएको छ। नेपाल(चीन सम्बन्धका विविध पक्षका विषयमा छलफल भएको र पारस्परिक हितका विषयमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

साथै चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ। विदेशमन्त्री वाङ यीले नेपाललाई ८०० मिलियन आरएमबी (१५ अर्ब १३ करोड रुपैयाँ बढी) सहयोग गर्ने घोषणा गरेका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>