भिडियो
सुधिर र गीताको ‘जाउँ न कान्छी जाउँ’

काठमाडौंँ । अनिस अधिकारी र रचना रिमालको स्वरमा रहेको ‘जाउँ न कान्छी जाउँ’ बोलको गीत सार्वजनिक भएको छ ।
रोमान्टिक शैलीमा तयार गीतमा गायक अधिकारीकै शब्द तथा संगीत छ । गीतको भिडियोमा सुधिर श्रेष्ठ र गीता ढुंगानाको अभिनय देख्न सकिन्छ । सुवोल थापाको निर्देशन र कोरियोग्राफी रहेको भिडियो बुद्ध थापाले खिचेका हुन् ।
अरुण थापा मगरद्वारा निर्मित भिडियो अविगम्यान फिल्मस् एन्ड इन्टरटेन्मेन्टले बाहिर ल्याएको हो ।




