दुई कम्युनिष्ट पार्टीहरु बिच एकता घोषणा कार्यक्रम सम्पन्न(भिडियो)

राजकुमार सुब्बा काठमाडौँ। पौष १३ गते राजधानी काठमाडौँको राष्ट्रिय सभागृहमा नेकपा (एकिकृत समाजबादी) केन्द्रीय कमिटीद्वारा ‘एकता घोषणा कार्यक्रम’ आयोजना गरी औपचारिक रुपमा नेकपा (एकिकृत समाजवादी) र नेकपा (जनबादी) बीच पार्टी एकिकरण घोषणा कार्यक्रम सम्पन्न भएको छ।
उक्त विषेश कार्यक्रममा नेकपा (एकिकृत समाजबादी) का अध्यक्ष माधव कुमार नेपाल र महासचिव वेदुराम भूषालले नेकपा (जनबादी) का महासचिव देवसिहं महता र अन्य नेताहरुलाई खादा र माला लगाई स्वागत गर्नुभएको थियो।
मन्तब्यको क्रममा अध्यक्ष नेपालले बिचार र चेतनामा परिवर्तन गरी इमान्दारिता, निष्ठा र समर्पणले जनताको मन जित्न सकिने र यसका लागि जनताको पिडा बुझ्ने संस्कार हुन पर्ने कुरामा जोड दिनुभएको थियो। साथै सबै नेता कार्यकर्ताले गुण, क्षमता र सकृयतालाई बृद्धि गर्दै संकल्प गर्नु पर्ने बताउनुभयो। विकास-निर्माण योजनाका लागि तीनै तहका कामहरुको अनुगमन गर्दै उद्यमशीलतालाई बढावा गर्नु पर्ने आवस्यकता औंल्याउनुभको थियो। उहाँले परिवर्तनलाई साकार पार्न यो एकता अभियानमा आउन सबैलाई आह्वान समेत गर्नुभयो।
यसै गरी नेकपा(जनवादी)का महासचिव देवसिहं महताले नेकपा (एकिकृत समाजवादी) सङ्ग नै एकता गर्नुका मुख्य तीन कारणहरु उल्लेख गर्नुभएको थियो। पहिलो, यो पार्टीका अधिकांश नेताहरु निष्कलंकित, बौद्धिक र सादगी हुनु, दोश्रो, नयाँ चिज देशलाई दिन तयार हुनु र तेश्रोमा हरेक संघर्षमा युवाहरुलाई भरोसा गर्नु।
कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) का महासचिव बेदुराम भुषाल र नेता राजेन्द्र पाण्डेले पनि आफ्ना मन्तब्य राख्नुभएको थियो।




