भिडियो
एलिना चौहानको ‘कुरा काट्ने मान्छेले काटुन २’ सार्वजनिक

काठमाडौं, १४ पुस। ‘कुरा काट्ने मान्छेले काटुन’ को सफलतासँगै गायक सुभाष पुरी र गायिका एलिना चौहानले ‘कुरा काट्ने मान्छेले काटुन २ ’को भिडियो सार्वजनिक गरेका छन्।
दीपक शर्माको शब्द तथा संगीत रहेको सार्वजनिक गीतको भिडियोमा टिकटकबाट चर्चा कमाएका सरोज राना प्रजा र बिना राउतको अभिनय देख्न सकिन्छ। भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका छन् भने एरेन्ज, मिक्सिगं र मास्टरिङ विशाल निरौलाले गरेका हुन्।
भिडियोको सम्पादन लक्ष्मण चौहानले गरेका हुन्। बिक्रम चौहानले निर्देशन गरेको भिडियो गायक पुरीकै अफिसियल च्यानल म्युजिक जक्सनबाट बजारमा आएको हो। गायक पुरीकै टिमले निर्माण गरेको ‘कुरा काट्ने मान्छेले काटुन’ले युट्युबमा ९१ लाख भ्युज पाएको छ।