राजनीति

सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउँछु: पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकमा विश्वासको मत मागेका छन्।

मङ्गलवार दिउँसो १ बजे बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार आफूलाई विश्वास गरेर प्रधानमन्त्री बनाएकोमा धन्यवाद समेत दिएका छन्। उनले निषेध, अपमान र प्रतिशोध नभई सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउन प्रतिबद्ध रहेको बताएका छन्। प्रचण्डले देशमा भएका परिवर्तनहरुमा लोकतान्त्रिक र वामपन्थी शक्तिको भूमिका रहेको बताए। विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले भने–‘१०४ वर्ष लामो राणा शासन होस वा ३० वर्ष लामो पञ्चायती निरङ्कुशता बाम लोकतान्त्रिक सहकार्यबाट नै समाप्त भएको हो। १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउनु हामीबीचको सहकार्यकै परिणाम हुन।

राष्ट्रिय संकटका संवेदनशील क्षणहरुमा पनि हामी राजनीतिक शक्तिहरु एकै ठाउँमा उभिँदै आएका छौँ। हामी मिल्दा देश अगाडि गएको छ, नमिल्दा देश सङ्कटतिर गएको छ।’ उनले २०७२ सालको भूकम्प गएको बेला कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री भएको बेला आफू प्रतिपक्षमा रहेको बेला प्रतिपक्षको भूमिकामा मात्र नभई सरकारलाई सहयोग गर्ने भूमिकामा रहेको बताए। उनले अहिले पनि देशमा साना समस्याहरू रहेको बताउँदै त्यसलाई समाधान नगरे ठुला समस्या जन्माउने, आर्थिक सूचकाङ्कहरू सकारात्मक नरहेको बताउँदै देशमा रहेका ५० लाख गरिबलाई माथि उठाउनका लागि राजनीतिक दलहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>