राजनीतिसमाचार

फास्ट ट्र्याकबारे राज्य व्यवस्था समितिमा प्रधान सेनापति जवाफ दिने

४ पुस, काठमाडौं । राज्य व्यवस्था समितिले प्रधान सेनापति प्रभुराम शर्मासँग छलफल गरिरहेको छ ।

प्रधानसेनापति शर्मासँग काठमाडौं–निजगढ फास्ट ट्र्याक र दार्चुलामा नेपाली सेनाले बनाइराखेको तुसर पानी–कोठेधार–तिंकर सडकका सम्बन्धमा समितिले छलफल गरिरहेको हो । राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक निर्माण नेपाली सेनाले गर्दै आएको छ । प्राविधिक मूल्यांकनमा फेल भएको कालिका कन्स्ट्रक्सनलाई पुनः मूल्यांकन गरी सामेल गराएको आरोप नेपाली सेनामाथि लागेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>