राजनीतिराष्ट्रिय

गणतन्त्र र संघीयतामाथि खतरा बढ्यो: यायोक्खा

काठमाडौं। किरात राई यायोक्खाले आन्दोलनबाट प्राप्त गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशीता माथि गम्भिर खतरा बढेको जनाएको छ।

संघीय गणतन्त्र नेपालमा संविधानको उपहास गर्दै राजामहाराजाको भक्तिगान गाउने गरि पुष २७गते पृथ्वी जयन्तीको रुपमा एकता दिवस मनाउने विषयमा यायोक्खाले आज विज्ञप्ति मार्फत गम्भिर आपत्ति जनाउँदै सो निर्णय तुरुन्त फिर्ता लिन सरकारलाई चेतावनी दिएको छ।

‘हाल नेपाल सरकार र प्रतिनिधि सभाले लिएको कदमहरु हेर्दा ऐतिहासिक जनआन्दोलन, १० बर्षे जनयुद्ध, आदिवासी जनजातिको आन्दोलन, मधेस आन्दोलन लगायत समग्र उत्पीडितको आन्दोलनबाट प्राप्त गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशिता माथि गम्भीर खतरा बढेको अनुभुती भएको छ’, यायोक्खाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। ‘सांसद, मन्त्री र प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा खबस भाषालाई प्राथमिकता दिनुले पनि यो कुराको पुष्टी भइरहेको छ। नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुजाती देश हो भन्ने संविधानमा उल्लेख भएतापनि यसको खिल्ली उडाउँदै हिन्दु राज्यनिर्माण र राजतन्त्र पुनस्र्थापनाको दिशातिर देश उन्मुख भएको महसुस भएको छ।’

यायोक्खाले पृथ्वीनारायणले कतिथ राज्य एकिकरण सहमतिको आधारमा नभई एकल जातीय र हिन्दु राज्य विस्तारको निम्ति फौजी आक्रमणको बलमा कुटिल र जालझेल गरेर नेपालको भुमिसन्तान आदिवासी जनजातीहरुको आदिम भुमिमा निर्ममता पुर्वक हमला गरेको उल्लेख गरेको छ।

‘पृथ्वीनारायण साहको कतिथ राज्य एकिकरण सहमतिको आधारमा नभई एकल जातीय र हिन्दु राज्य विस्तारको निम्ति फौजी आक्रमणको बलमा कुटिल र जालझेल गरेर नेपालको भुमिसन्तान आदिवासी जनजातीहरुको आदिम भुमिमा निर्ममता पुर्वक गरिएको हमला विरुद्ध आदिवासी किरातीहरुले डटेर लडेको लडाइँको अहिले सम्मपनि रगत सुकिसकेको छैन’, यायोक्खाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। ‘छलपकट गरेर किरातीहरुको स्वशासित राज्यहरु कब्जामा लिइएको हुँदा त्यसलाई एकता वा एकिकरण भन्न किमार्थ सकिँदैन।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>