दलित जागरण अभियान क्षेत्रीय भेला संम्पन्न

नवलपुर क्षेत्र न:१ ले आयोजना गरेको दलित जागरण अभियान क्षेत्रीय भेला को नवलपुर क्षेत्र न १ का भिम बहादुर परियारको अध्यक्षता दलित जागरण अभियान नेपाल राष्ट्रिय समितिका अध्यक्ष दधिराम परियारको प्रमुख आतिथ्य, दलित महिला संघ FEDO गण्डकी प्रदेशको अध्यक्ष सुमित्रा गायक सचिव शिवानी ल्वागुन, दलित जागरण अभियान राष्ट्रिय समितिका महासचिव भिम बहादुर बिक, दलित जागरण अभियान नेपाल राष्ट्रिय समितिका सचिव कृष्ण बहादुर बिक कोषाध्यक्ष सोम बहादुर सेन्चुरी लगायत, माझी मुसाहर सेवा संघ जिल्ला अध्यक्ष होम बहादुर मुसहर लगायत नवलपुरका विभिन्न संघ सस्थाका अध्यक्ष लगायतका ब्याक्तित्व को उपस्थितिमा जातिय विभेद को पर्खाल भत्काउन नेपालको संविधान कार्यन्वयन गराउन जस्तो सुकै चुनौती आएपनी नवलपुरमा छुवाछूत मुक्त वडा घोषणा गर्ने भन्दै तपशिलको कार्यक्रम सपन्न भयो।
१) छुवाछूत मुक्त वडा घोषणा सम्बन्धी अन्तरकृया
२) शिक्षक संगठन बिस्तार र (तदर्थ समिती )
३) बिद्यार्थी संगठन बिस्तार (तदर्थ समिती )
कार्यक्रम को सन्चालन दलित जागरण अभियान नेपाल नवलपुर क्षेत्र न:१ सचिव तथा दलित जागरण अभियान नेपाल राष्ट्रिय समितिका महा सचिव ले गर्नु भएको थियो।