राष्ट्रियसमाचार

असल शासन क्लबका पूर्ब अध्यक्षहरुको भेला सम्पन्न

२०८२ माघ २३ गते असल शासन क्लबका पूर्ब अध्यक्षहरुको भेला सम्पन्न बास नेपालको आयोजनामा असल शासन क्लबका पूर्ब अध्यक्षहरुको भेला सम्पन्न भयो ।

बास नेपालको केन्द्रीय कार्यालयमा बाँकेमा रहेका असल शासन क्लबका पूर्ब अध्यक्षहरुको भेला सम्पन्न भएको हो । असल शासन क्लब जिल्ला समन्वय समिति बाँकेका संस्थापक अध्यक्ष तथा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा बिभिन्न असल शासन क्लबका पूर्ब अध्यक्षहरुले अनुभव सुनाएका थिए । प्रो पब्लिकको असल शासन कार्यक्रम अन्र्तगत २०५६ साल देखि २०६५ साल सम्म बाँकेका बिभिन्न साविकका गाविस र नगरपालिकामा ६२ वटा असल शासन क्लबहरु कार्यरत थिए ।

बास नेपाल बाहेक सबै क्लबहरु निष्क्रिय रहेको हालको अवस्थामा असल शासन क्लबहरुले पु¥याएको योगदानको चर्चा गर्नका लागि भेला आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले असल शासन क्लबहरुको माध्यमबाट २५ बर्ष अघि उठाएको सुशासनको एजेण्डा हाल सम्म पनि उत्तिकै सान्दर्भिक भएको बताए । असल शासन क्लबहरु मार्फत सुशासन बहालीका लागि भएको योगदान महत्वपूर्ण भएको शाहले बताए ।

कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका निबर्तमान उपप्रमुख, बास नेपालकी पूर्ब केन्द्रीय उपाध्यक्ष तथा पश्चिमाञ्चल असल शासन क्लब नेपालगञ्जकी पूर्ब अध्यक्ष उमा थापा मगरले असल शासन क्लबहरु मार्फत समाजका लागि दिएको योगदान सम्झिंदा गर्ब लाग्ने गरेको बताईन् । उनले आफ्नो व्यक्तित्व बिकासका लागि असल शासन क्लबको योगदान महत्वपूर्ण रहेको बताईन् । कार्यक्रममा बोल्दै फुल्टेक्रा असल शासन क्लबका पूर्ब अध्यक्ष पत्रकार चन्द्रेश्वरराज त्रिपाठीले क्लबहरु मार्फत उठाएका एजेण्डा हाल सम्म पनि सान्दर्भिक भएको बताए । हरियाली असल शासन क्लब गंगापुरका पूर्ब अध्यक्ष, रेडक्रसकर्मी प्रहलाद बिश्वकर्माले पछाडी पारिएको क्षेत्र राप्तीपारी असल शासन क्लब गठन गरि भ्रष्टाचार बिरुद्ध आवाज उठाउन सक्नु चुनौतीपूर्ण कार्य भएको बताए ।

कार्यक्रममा बोल्दै सभ्य समाज असल शासन क्लब कम्दिका पूर्ब अध्यक्ष सुर्यलाल यादव, असल शासन जिल्ला समन्वय समिति बाँकेका पूर्ब अध्यक्ष डा. तिलक बहादुर केसी, सम्झना असल शासन क्लब बनकटवाका पूर्ब अध्यक्ष बिरेन्द्र शाही, जीवन असल शासन क्लब खजुराका पूर्ब अध्यक्ष झविलाल शर्मा, जनमुखि असल शासन क्लब नौबस्ताका पूर्ब अध्यक्ष, नेपालगञ्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चिरिञ्जिवी ओलीले आफ्नो अनुभव सहित मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले असल शासन क्लबका माध्यमबाट क्षमता अभिबृद्धि भएको, भ्रष्टचार बिरुद्ध बाँकेका सशक्त अभियान सञ्चालन भएको, सार्वजनिक सुनुवाईलाई शुरुवात गरि संस्थागत गरेको अनुभव सुनाएका थिए ।

२० बढि असल शासन हिमायतिहरुको उपस्थिती रहेको कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>