अन्तराष्ट्रिय

ब्रिक्स सम्मेलनमा सीदेखि पुटिनसम्म सहभागी हुँदै, यस्तो छ सुरक्षा व्यवस्था

२६ भदौ, काठमाडौं: आगामी भदौ २७ र २८ गते नयाँ दिल्लीमा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनका लागि २० भन्दा बढी देशका नेताहरूले सहभागिता जनाउनेछन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ, र इरानी राष्ट्रपति मसुद पेजेस्कियानजस्ता प्रमु्ख सुरक्षा जोखिम भएका नेताहरूको उपस्थिति भएकाले नयाँ दिल्लीमा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ । हवाई सुरक्षादेखि सडक सुरक्षासम्म विशेष व्यवस्था मिलाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार, विश्वका यी शक्तिशाली नेताहरूको सुरक्षाका लागि विशेष उपायहरू सुनिश्चित गरिएको छ ।

आवास व्यवस्थापन

विदेशी पाहुनाहरूका लागि सेन्ट्रल दिल्लीका १२ देखि १५ वटा प्रिमियम ५-तारे होटलहरूमा करिब ३५०० कोठाहरू तयार पारिएका छन् । रुसी राष्ट्रपति पुटिन आइटीसी मौर्यामा रहनेछन् भने चिनियाँ राष्ट्रपति सी जिनपिङको टोली ताज प्यालेसमा बस्नेछ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा द ललितमा, इरानी राष्ट्रपति मसुद पेजेस्कियान द ओबेरोयमा, र इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसी शेराटन नयाँ दिल्लीमा ठहरनेछन् । यूएईका क्राउन प्रिन्स खालिद बिन मोहम्मद अल नाह्यान द लीला प्यालेसमा, र ब्राजिलका विदेशमन्त्री माउरो भिएरा द इम्पेरियलमा बस्नेछन् । यी लक्जरी होटलहरूको एक रातको भाडा ३० हजारदेखि २ लाख रुपैयाँसम्म पुगेको छ, जसले गर्दा सेप्टेम्बर १२-१३ का लागि धेरै होटलले सामान्य बुकिङ बन्द गरेका छन् ।

ट्राफिक प्रतिबन्ध

इन्दिरा गान्धी विमानस्थलदेखि भारत मण्डपमसम्मका ३५ भन्दा बढी मुख्य सडकहरूमा प्रतिबन्ध लगाइएको छ । कनाट प्लेस र पटेल चोक लगायत २२ ठाउँमा सवारीसाधनको मार्ग परिवर्तन गरिएको छ । सेप्टेम्बर ११ देखि १३ सम्म सरकारी कार्यालयहरू, विद्यालयहरू, र अदालतहरू बन्द गरिनेछ, जसले गर्दा दिल्लीमा एक प्रकारको लकडाउन लागू हुनेछ ।

सुरक्षा व्यवस्था

दिल्लीमा अर्धसैनिक बलका २०० कम्पनीसहित करिब ३० हजार सुरक्षाकर्मी र ४८०० ट्राफिक प्रहरी परिचालित गरिएको छ । विशेष सुरक्षाका लागि १०० भन्दा बढी एनएसजी कमान्डो र दिल्ली प्रहरीको स्वाट टोली पनि तैनाथ गरिएको छ । कुनै सुरक्षा चुनौती आएमा तुरुन्त खटाउन १० हजारभन्दा बढी सुरक्षाकर्मीलाई स्ट्यान्डबाइमा राखिएको छ । सम्मेलनअघि एनएसजी र स्वाटले आन्तरिक सुरक्षा अभ्यास पनि गरेका छन् ।

हवाई र साइबर सुरक्षा

नागरिक उड्डयन महानिर्देशनालयले सेप्टेम्बर ११ देखि १३ सम्म दिल्लीको ३०० किलोमिटर दायरामा साना विमानहरूको उडानमा प्रतिबन्ध लगाएको छ । ड्रोन, प्याराग्लाइडर, र साना हवाई उपकरण उडाउन पनि रोक लगाइएको छ । डीआरडीओले बनाएको एन्टी-ड्रोन प्रणाली र इलेक्ट्रोनिक ज्यामरहरू भारत मण्डपमका वीआईपी मार्गहरूमा जडान गरिएको छ । सम्भावित साइबर आक्रमण रोक्न मल्टि-एजेन्सी सेंटर सक्रिय पारिएको छ, र फेस-रिकग्निसन क्यामेराहरूबाट निगरानी गरिँदैछ ।

व्यक्तिगत सुरक्षा

रुसी राष्ट्रपति पुटिनको सुरक्षा सुनिश्चित गर्न उनको विशेष भान्से, मोबाइल ल्याब, टेलिफोन बुथ, र व्यक्तिगत शौचालय सम्मेलन स्थानमा पठाइएको छ । उनी बुलेटप्रुफ र ब्लास्ट-रेजिस्टेन्ट कार ओरस सेनेट प्रयोग गर्नेछन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको विशेष बख्तरबन्द कार होङ्की एन७०१ पनि सम्मेलनका लागि ल्याइएको छ, जसले रकेट आक्रमणबाट बच्न सक्छ ।

पुटिन र जिनपिङ दुबैका लागि कम्तीमा १०० जना एजेन्टहरू सहित सुरक्षा टोली रहनेछ, जसले ४-तहको सुरक्षा प्रदान गर्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>