अर्थ खबर

वर्ल्डलिंकको १ करोड १ लाख बाढीपीडित कोषमा

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाखको सहयोग प्रदान गरेको छ ।

वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर यो सहयोग रकम हस्तान्तरण गरेका हुन्, जसको जानकारी कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विपद्को यस चुनौतीपूर्ण समयमा प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा योगदान दिन वर्ल्डलिंकले यो रकम उपलब्ध गराएको बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यो सहयोग वर्ल्डलिंकको लागि केवल एक व्यावसायिक गतिविधिभन्दा पनि बढी, मानवीयता र राष्ट्रप्रतिको जिम्मेवारीबाट गरिएको हो । देशका नागरिक समस्यामा परेका बेला आफैं पनि प्रभावित हुँदाहरूसँग उभिनु महत्वपूर्ण हो भन्ने भावना राखेर कम्पनीले यो योगदान गरेको छ ।”

हालैको बाढीले वर्ल्डलिंकको नेटवर्क र पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ । प्रारम्भिक विवरणअनुसार, कम्पनीले लगभग ३.५ करोड बराबरको प्रत्यक्ष क्षति बेहोरेको दाबी गरेको छ । तथापि, आफ्नै संरचनामा ठूलो क्षति भए तापनि वर्ल्डलिंकले ग्राहक र नागरिकलाई इन्टरनेट सेवाबाट लामो समयसम्म वञ्चित हुन नदिन बाढी आएको तीन दिनभित्रै प्रभावित नेटवर्कलाई पुनःस्थापना गर्दै सेवा पुनः सञ्चालनमा ल्याएको बताइसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>