अर्थ खबर

सिटिजन्स बैंकको २ करोड २२ लाख २२ हजार राहत कोषमा

काठमाडौँ । बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, उपचार, र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २ करोड २२ लाख २२ हजार रुपैयाँ सहयोग गरेको छ ।

बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वस्थलाभको कामना गरेको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले सो रकम हस्तान्तरण गरे ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा आदि क्षेत्रमा सहयोग गर्दै आएको छ र भविष्यमा पनि यस्तो सेवा र सहयोगको कार्यलाई निरन्तरता दिने जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>