अर्थ खबर

पत्रकारलाई निःशुल्क उपचार, ७ लाखको दुर्घटना बीमा

काठमाडौं, १५ जेठ । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार गर्ने घोषणा गरेको छ । बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरिएको हो । त्यस्तै, सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था मिलाएको पनि जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Check Also
Close
Back to top button
भाषा >>