ग्लोकल २० अन्डर २० अन्तिम ६को सौरभ ज्योति सँगको अन्तरकृया

अगस्ट २५, २०२१ काठमाडौं । ग्लोकल प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको ‘वाई वाई ग्लोकल टिन हिरो’ को सातौं संस्करणका लागि ग्लोकल २० अन्डर २० तथा अन्तिम ६ प्रतिस्पधीको घोषणा भईसकेको छ। यिनै प्रतिभावान किशोरकिशोरीहरुका लागि ५ दिने लामो क्षमता निर्माण कार्यशाला सन्चालन भईरहेको छ।
उक्त कार्यशालाको मुख्य उद्देश्य एक अन्तरक्रियाको बातावरण प्रदान गर्न, किशोर किशोरीहरुको व्यक्तिगत बृद्धिमा सहयोग गर्न एवम नेटवर्किंग को बढावा गर्न सन्चालन भईरहेको छ। किशोरकिशोरीहरुले ज्योति ग्रुप अफ कम्पनीका निर्देशक, श्री सौरभ ज्योति ज्युसँग अन्तरकृया गर्ने मौका प्राप्त गरेका थिए। कुनै पनि परियोजना प्रभाबकारी बनाउन त्यो कार्यको दिगोपन विश्लेषण गर्न महत्वपूर्ण हुन्छ।

उहाँले आफ्नो कार्यको अनुभव साट्दै कुनै पनि व्यवसाय र परियोजनालाई दिगो बनाउनका लागि आबश्यक पर्ने कुराहरुको बिषयमा चर्चा गर्नु भयो। आफ्नो कार्य लाई गतिशील बनाउन ३ प्रमुख तत्वहरुको जानकारी दिनुभयो। उहाँले नेटवर्किंग, प्रविधि एवम बृद्धि मानसिकता अपरिहार्य रहेको कुरा बताउनु भयो।
हामीले यो प्रगतिशील समयमा कर्पोरेट र सामाजिक व्यक्तित्वहरु संग राम्रो सञ्जाल बनाउन आवश्यक रहेको र प्रबिधीको उपयोग बाट डिजिटल पदचिह्न बिस्तार गर्दै अगाडि बढेर समाज तथा राष्ट्र निर्माणमा अग्रसर हुन पनि प्रेरणा दिनु भयो।




