राजनीति

उम्मेदवार र दललाई सञ्जालमा लाञ्छना लगाए कारबाही

१८ वैशाख, काठमाडौं। निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दललाई लक्षित गरी सामाजिक सञ्जालमा गलत सूचना वा द्वेषपूर्ण अभिव्यक्ति दिएमा कारबाही गर्ने चेतावनी दिएको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी गलत, भ्रामक, चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने खालका सामग्री सामाजिक सञ्जालमा पोष्ट हुँदा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा आँच पुग्ने बताएको छ। यस्तो काम गरेमा निर्वाचन आचार संहिता विपरीत हुने र आयोगले कारबाही गर्ने प्रवक्ता शाालिग्राम शर्मा पौडेलले बताएका छन्।

निर्वाचन अवधिमा हुने मिथ्य सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिए आचार संहिता उल्लंघन गरेको ठानी निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम कारबाही गर्ने आयोगले जनाएको छ। दफा २३ मा आयोगको निर्देशन विपरीतका काम गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। आयोगले आम सञ्चार माध्यमबाट हुने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति अनुगमन गर्न प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघलाई निर्देशन दिएको छ।

त्यस्तै मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति रोक्न फेसबुक, ट्विटर, टिकटक, भाइबर र गुगलका कार्यालयसँग सम्पर्क स्थापना र सहकार्यका लागि प्रयास गरेको पनि आयोगको भनाइ छ। मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निषेध गरिएका प्रावधानहरूको बारेमा सामाजिक सञ्जालका कार्यालयलाई नेपाली राजदूतावास मार्फत जानकारी गराइएको पनि आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>