राजनीतिसमाचार

हर्क साम्पाङ, धरानमा पानी ल्याउन सफल भए

२८ भदौ, काठमाडौं। धरान बजारमा पानी ल्याउन मेयर हर्क साम्पाङ सफल भएका छन्।

उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए। मेयर निर्वाचित भएलगत्तै उक्त बाचा पूरा गर्न कस्सिएका साम्पाङले अन्ततः खर्दु र निशाने खोलाको पानी ल्याउन सफल भए। उनले धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सन्जालमा पोष्ट गर्दै खुसी साटेका छन्। ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ,’ उक्त भिडियोसँगै उनले लेखेका छन्, सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा।’ उक्त भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ।

उनले पोष्ट गरेको भिडियोमा धेरैले बधाई दिंदै कमेन्ट गरेका छन्। केहीले भने सुक्खायाममा त्यो पानी सुक्न सक्ने भन्दै त्यसको विकल्प पनि सोच्न सुझाव दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>