
एन्टिना घनश्याम,काठमाडौ। टोखा नपा ७ धापासिमा रहेको ‘हेराल्ड एन्जलस मन्टेश्वोरी एबम प्री स्कुल’ले आज आफ्नै प्राङ्गनमा साना साना बाबुनानिहरुलाई ख्रीष्टमस रमाइलो कार्यक्रम सम्पन्न गरेको छ।
बि.स २०६६ सालमा स्थापना भएको प्राबिधिक शिक्षण लाई प्रमुख प्राथमिकता दिने गरेको यो स्कुल जम्मा ५ जना बच्चालाई लियर सुरु गरिएको थियो। हाल पिजि देखि युकेजी सम्म करिब ८० जना बिध्यार्थी रहेको कुरा फाउण्डर प्रीन्सिपल अनु राइ डङ्गोलले बताउनु भएको छ। यो प्री स्कुलमा श्रब्य दृश्य मार्फतबाट सिकाइहुने गर्दछ।

कार्यक्रममा स्कुलको तर्फबाट सम्पुर्ण बालबालिकालाई ख्रीष्टमस उपहार समेत प्रदान गरिएको छ। सम्पूर्ण बालबालिकाहरु गित तथा नृत्य हरुमा दिनभर झुमेका थिए।




