समाचार

पहिलो हिमालयन इन्टरनेसनल स्ट्रोक समिट काठमाडौंमा सुरू

१ भदौ, काठमाडौं। नेपालमा पहिलोपटक हिमालयन इन्टरनेसनल स्ट्रोक समिट सुरू भएको छ । नेपाल पक्षघात संघले नेपाल स्ट्रोक प्रोजेक्टसँगको सहकार्यमा दुई दिने सम्मेलनको सुरू भएको हो ।

पहिलो दिनको वैज्ञानिक सत्रको उद्‌घाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यस्तो सम्मेलनले नेपाल र नेपाली चिकित्सकहरुका लागि नयाँ आयामका बारेमा सिक्ने अवसर प्रदान गर्ने बताए । सोही अवसरमा स्ट्रोक उपचारको प्रोटोकल बुक प्रमुख अतिथि पौडललगायतका सहभागीले संयुक्त रूपमा विमोचन गरेका थिए। नेपाल पक्षघात संघका अध्यक्ष एवम् वरिष्ठ न्युरोलोजिस्ट डा.राजु पौडेलले नेपाल स्ट्रोक एसोसियसनको गतिविधिका बारेमा जानकारी गराए ।

उनले सरकारी अस्पतालमा स्ट्रोकको निःशुल्क उपचार भएमा मात्र बिरामी निको हुने संख्या बढाउन सकिने बताए। हरेक प्रदेशमा एउटा स्ट्रोकको उपचार हुने अस्पताल, जनशक्ति, उपकरण हुनुपर्नेमा उनले जोड दिँदै एसोसियसनले एड्भान्स सेन्टर राख्न सल्लाह दिए । सम्मेलनको पहिलो दिनको वैज्ञानिक सत्रमा २८ जना अन्तर्राष्ट्रिय र ३२ जना राष्ट्रिय विज्ञहरुले प्रस्तुति दिएको नेपाल पक्षघात संघका संस्थापक अध्यक्ष एवम् वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापाले बताए ।

उनका अनुसार सम्मेलनमा क्लिनिकल प्रगति, अनुसन्धान अद्यावधिक तथा नीतिगत दिशा–निर्देशन लगायतका कुराहरु समेटिएको छ। त्यस्तै, दोस्रो दिन भने सीपमा आधारित तालिम तथा कार्यशालाहरू हुने जनाइएको छ । यसमा एनआइएच स्ट्रोक स्केल (एनआइएचएसएस) स्ट्रोक अनुसन्धान विधि, थ्रोम्बोलाइसिस, मेकानिकल थ्रोम्बेक्टोमी, बोटोक्स थेरापीका साथै मौखिक र पोस्टरको प्रस्तुतिकरण हुने प्रस्तुति समेत हुनेछन् ।

नेपालको स्ट्रोकको वास्तविक अवस्थालाई प्रस्तुत गर्न र यससम्बन्धी चासोलाई उजागर गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको डा.थापाले जानकारी गराए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>