
सरकारले मिडिया काउन्सिल विधेयक २०७५ लाई राष्ट्रियसभामा पेश गरेको छ।
बिहीबार राष्ट्रियसभा बैठकमा सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विधेयक पेश गरेका हुन्। गत वैशाखमा राष्ट्रियसभामा पेश भएको विधेयक नेपाल पत्रकार महासंघ लगायतले चरणबद्ध आन्दोलन गरेपछि अघि बढेको थिएन। ‘महासंघसँग पनि छलफल भएको छ। बढी राम्रो बनाउने विषयमा छलफल हुन्छ,’ बाँस्कोटाले भने, ‘बढ्दो मिडिया छ। युट्युबसमेत कसरी हेर्ने भन्ने छ। प्रेस स्वतन्त्रतामाथि चुनौती छ। त्यो आन्तरिक कारणले पनि छ।’
सबै मिडियाको अनुगमन गर्ने अधिकार मिडिया काउन्सिललाई दिन विधेयक ल्याइएको दाबी सरकारको छ भने पत्रकार महासंघ लगायतले मिडिया काउन्सिल विधेयक सच्याउनुपर्ने माग राख्दै आएका छन्। कमा केही आधुनिक कुरा छन् खराब मात्रै छैन,’ बाँस्कोटाले भने, ‘विधेयक फिर्ता लिनुपर्ने कारण छैन।’
यसैबीच कांग्रेसले विधेयकमाथिको विरोधको सूचना पनि फिर्ता लिएको छ।




