राजनीति

संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई मत दिन्छौं : देउवा

२६ पुस, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गरेका छन्।

विश्वासको मत लिदने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले संसद विघटन गर्न सकिने एमाले अध्यक्षको अभिव्यक्तिमा आफ्नो ध्यानाकर्षण भएको बताए। हिजो ओलीले संसद विघटन गर्दा वर्तमान प्रधानमन्त्रीसहित आफूहरु एक ठाउँमा उभिएको र सर्वोच्च अदालतले पनि संसद पुनस्र्थापना गरेको भन्दै देउवाले भने, ‘आज फेरि वर्तमान सत्ता गठबन्धनको प्रमुख घटकले तीनै संवैधानिक व्यवस्थालाई चुनौती दिएको अवस्थामा संविधानको रक्षाका लागि खरो रुपमा उभिने चुनौती हाम्रासामू आएको छ। वर्तमान प्रधानमन्त्रीका लागि यो पनि परीक्षाको घडी हो।’

संविधानको रक्षाका लागि उभिने विश्वासका साथ प्रधानमन्त्रीका लागि विश्वासको मत दिने उनले बताए । यद्यपि आफ्नो दल प्रतिपक्षमा बस्ने र सरकारको गुण र दोषका अधारमा विरोध वा समर्थन समेत गर्ने देउवाले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>