प्रवास

साहित्यकार सरुभक्त बेलायतमा

मिलन तमू, बेलायत । पोखरेल मञ्च युकेको निमन्त्रणमा साहित्यकार सरुभक्त बेलायत आइपुगेका छन् ।

बेलायतमा पोखरेली मञ्च युकेले आयोजना गरेको सिर्जनाको घेराभित्र सरुभक्त नामक कार्यक्रमका लागि उनी बेलायत आइपुगेका हुन् । हिथ्रो विमानस्थलमा आयोजक पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङ, कार्यक्रम संयोजक लाल प्रसाद गुरुङ्ग, सुधा गुरुङ्ग, अ ने सा स का डा. रुपक श्रेष्ठ (साहित्यकार) एभरेस्ट टाईम्सका पत्रकार पूर्ण गुरुङ्ग, फोटो पत्रकार मिलन तमु कोषाध्यक्ष कमल गुरुङ्ग लगायतले स्वागत गरेका थिए ।

सो कार्यक्रममा सरुभक्तले उनका साहित्यिक रचना बाचन गर्नेछन् । त्यस्तै उनको नयाँ उपन्यास प्रतिगन्धको अन्तर्राष्ट्रिय लोकार्पण समेत गर्ने कार्यक्रम छ ।नोभेम्बर ९ तारिखका दिन अल्डरसटमा हुने कार्यक्रममा बेलायतका राजदुत दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा हुने जनाइएको छ । सरुभक्त बेलायतमा रहँदा अन्य साहित्यिक जमघटका साथै अन्तक्र्रियाहरु समेत हुने आयोजकले जनाएको छ ।Nagarikkhabar

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>