मनाेरञ्जन

‘जातीय विभेदविरुद्ध लुघ चलचित्र’ प्रतियोगिता हुने

१२ मंसिर, काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजले ‘जातीय विभेदविरुद्ध लघु चलचित्र’ प्रतियोगिताको आयोजना गर्ने भएको छ । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र यूनडीपीसँगको सहकार्यमा समाजले प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

चलचित्रले जात व्यवस्था उन्मूलन सम्बन्धी विषयलाई तीन मिनेटमा भन्नुपर्नेछ । भिडियोको प्राविधिक गुणस्तर १०८० सम्म हुनुपर्ने र मोबाइलले खिचेका लघु चलचित्रलाई पनि प्रतियोगितामा स्वीकार गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा अभिनय गरेका चलचित्र, एनिमेसन, भ्वाइसओभर, साइलेन्ट वा मोन्टाज, सन्देश प्रवाह गर्ने दृश्य मात्रै पनि सहभागी हुन सक्ने बताइएको छ । समुदायको भावनालाई चोट पुर्‍याउने वा आरोप लगाउने भिडियोलाई भने प्रतियोगितामा समावेश गरिने छैन ।

इच्छुक सहभागीले आगामी डिसेम्बर १० सम्म भिडियो पठाइसक्नुपर्नेछ । प्राप्त भिडियोलाई सामाजिक सञ्जालमा देखिएको प्रभाव र तीन सदस्यीय निर्णायक समितिको मूल्यांकनको आधारमा विजेता घोषणा गरिने समाजले जनाएको छ । सामाजिक सञ्जालमा प्राप्त प्रतिक्रियालाई ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत गरी उत्कृष्ट तीन चलचित्र छनोट गरिनेछ । प्रतियोगितामा पहिलो हुने चलचित्रले २ लाख रुपैयाँ, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>