पल्लसा डंगाेल ‘चम्सुरी’लाई विष्णुभक्त रंगकर्मी सम्मान

काठमाडाै। यस वर्षकाे बिष्णुभक्त रंगकर्मी सम्मान चम्सुरीका रूपमा चर्तित कलाकार पल्पसा डंगाेललाई प्रदान गरिएकाे छ।
बिष्णु भक्त- तारादेवी स्मृति गुठीद्वारा आयाेजित पाँचाै स्मृति सभाकाे अवसरमा तीन दशकदेखि कलाकारितामा संलग्न डंगाेललाई २० हजार नगद सहित साे सम्मान गरेकाे हाे। पाँच वर्ष अघि राष्ट्रिय नाचघरमा प्रदर्शन गरिएकाे नाटक ‘यज्ञ बल्क्य’मा राजा जनककाे भूमिकामा अभिनय गर्दागर्दै कलाकार फुँयालकाे काे निधन भएकाे थियाे।

कलाकारितामा करीव पाँचदशक बिताउनु भएका बरिष्ठ रंगकर्मी फुँयालकाे स्मरण गर्दै साे पुरस्कार स्थापना गरि हरेक वर्ष स्मृतिसभा आयाेजना गरि साे सम्मान गरिदै आएकाे छ। यस अघि साे पुरस्कार कलाकारहरू राजेन्द्र गड्ताैला, लक्ष्मणसिँह बस्नेत, रमेश केसी मट्टारेलाई प्रदान गरिएकाे थियाे। स्मृति सभा कार्यक्रममा गुठीका सदस्य एवं छाेरा कमल फुँयालले बुबा बिष्णुभक्त फुंयालले सामाजिक रूपान्तरणमा पुर्याउनु भएकाे याेगदानका बारेमा चर्चा गर्नु भएकाे थियाे भने कार्यक्रममा एलाकका आबिष्कारक एवं संगितकार डम्वर पहाडीले एलाक प्रस्तुत गर्नु भएकाे थियाे।
साे कार्यक्रममा रंगकर्मी एवं नाट्य समूह महासंघका पूर्व अध्यक्ष बैकुण्ठ भण्डारीले फुँयालले कलाकारिता क्षेत्रमा पुर्याउनु भएकाे याेगदानका बारेमा चर्चा गर्नु भएकाे थियाे। कार्यक्रममा तारादेवी युवा नारी प्रतिभा छात्रवृत्ति प्रदान गरिएकाे थियाे।




