मनाेरञ्जन

सङबुङसँग बिहे गर्ने तयारीमा राजेशपायल राई

काठमाडौं। हरेक अन्तर्वार्ता र भेटमा गायक राजेशपायल राईलाई बिहेको प्रश्नले पछ्याइरहन्छ। उनी प्रश्नबाट भाग्न खोज्छन् वा समय आएपछि बिहे हुने रेडिमेड जवाफ त दिन्छन्।

तर पछ्याउनु प्रश्नको विशेषता नै हो। यतिबेला भने राजेशपायल राईको रिलेसनसिपलाई लिएर मनोरञ्जन वृत्तमा चर्चा छ। उनी केही महिनायता एक युवतीसँग ‘गहिरो’ प्रेममा छन्। सङबुङ राई नामकी ती युवती र राजेशपायलबीच डेटिङ चलिरहेको तथा चाँडै विवाहको औपचारिक घोषणा हुने तयारीमा रहेको निकट स्रोतले जनाएको छ। ‘उनीहरु जतिसक्दो चाँडो बिहे टुंगो लगाउने तयारीमा छन्,’ स्रोतले भन्यो, ‘बिहेको प्राविधिक तयारी भइरहेको ।’

प्राप्त तस्वीरमा उनीहरु जन्मदिन मनाउनेदेखि विशेष समारोहमा एकसाथ देखिंदै आएको देखिन्छ। ४७ वर्षीय राजेशपायल र उनकी प्रेमिका एक वर्षदेखि लिभिङ टुगेदरमा रहेको पनि चर्चा छ। सङबुङ राजेशपायलभन्दा आधा उमेरले कान्छी छिन्। सन् १९९५ मा पहिलोपटक रीमा रेकर्डिङको एल्बम ‘मुर्छना’बाट सांगीतिक करिअर थालेका राजेशपायलका थुप्रै गीत चर्चित छन्। पाश्र्व गायनमा समेत रुचाइएका उनले सयभन्दा बढी फिल्ममा गीत गाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>