बागमती प्रदेशसमाचारस्थानीय

काठमाडौं उपत्यकाको वरपरका डाँडामा हिमपात

फुल्चोकी, शिवपुरी, दलचोकी, चन्द्रागिरिसहित काठमाडौं उपत्यका आसपासलगायत उच्च पहाडी क्षेत्रमा पनि पटकपटक हिमपात भएको छ। अझै केही दिन मौसममा सुधार आउन समय लाग्ने मौसमविद्हरुले जानकारी दिएका छन्। मौसमविद्हरुले देशभरि नै भारी वर्षा भइरहेको जनाएका छन्। उनीहरूका अनुसार शनिबार बिहानसम्म मौसम बदली नै रहने छ।

बिहीबारदेखि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा परेको वर्षा र हिमपातले देशभरको जनजीवन कष्टकर बनिरहेको छ। वर्षासँगै बढेको चिसोले बालबालिका र वृद्धवृद्धा तथा पशु चौपायालाई असर गरेको छ। हुम्ला, मनाङ, मुगुसहित हिमाली क्षेत्रमा भएको हिमपातले तीन फिटभन्दा बढी हिउँ जमेको छ। काठमाडौं उपत्यकाको काँठ क्षेत्रसहित देशभरका उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ।

नेपालमा माघमा निरन्तर वर्षा र हिमपात भएको छ। माघ लागेसँगै सुरु भएको वर्षा र हिमपात अन्तिम सातासम्म लाग्न थाल्दा पनि भइरहेको छ। बीचको केही हप्ता मौसममा सुधार देखिए पनि पश्चिम न्यूनचापीय वायुका कारण बदली हुँदा वर्षा र हिमपात भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>