सिन्धु काङ्ग्रेस लगातार स्वास्थ सामाग्री बितरणमा

नेपाली कांग्रेसले बलेफि गाउँपालिका-६ जालवारीमा रहेको जालवारीे सामुदायिक स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
वडा नम्बर ६ का कांग्रेस वडा सभापति रामचन्द्र थापाको नेतृत्वमा स्थानीय कांग्रेस तथा नेविसंघका नेताहरु मिलेर आइसोलेसन बेड २ वटा, अक्सिजन सिलण्डिर ३ वटा, अक्सिमिटर १० वटा, पीपीइ सेट र अति आवशयक औषधिहरु सहयोग गरिएको हो । यी सामग्री लिएर नेविसंघका नेता गोपाल चौलागाई काठमाडौंबाट जालबारी पुगेका थिए । यस अघि कांग्रेसले वडाका प्रत्येक घरमा ५० पीस माक्स र संक्रमित व्यक्तिहरुलाई औषधिसमेत वितरण गरेको थियो । वडामा संक्रमितको संख्या दिनादुदिन बढिरहेको छ ।अक्सिजनलगायतको अभावमा वडाका कोहीले ज्यान गुमाउन नपरोस् भनेर अति आवश्यक स्वास्थ्य सामग्री दिइएको थापाले बताए । स्थानीय वडाका सहयोगीहरुको साथ पाएर स्वास्थ्य सामग्री वितरण गरेको वडासभापति थापाले जानकारी दिए ।
स्थानीय कुल प्रसाद आचार्य, अर्जुन सापकोटा, झनक प्रसाद तिमल्सिना, राचमचन्द्र थापा, गोपाल चौलागाई, हुविन्द्र्र चौलागाई, दुर्गा आचार्य, मणिराम पराजुली, सरस्वती पराजुली, तोप बहादुर तामाङ, जेकी लामा, कुमार गुभाजु, सिन्धु कन्ट्रसन प्रालि( राजीव-उमेश)लगायतले आर्थिक सहयोग गरेका थिए । यसका अलावा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले समेत माक्स सहयोग गरेको थापाले बताए । जिल्लाभर स्वास्थ्य सामग्री वितरण गरिरहेका बस्नेतले वडा-वडामा स्वास्थ्य सामग्री वितरण गर्न वडा सभापतिहरुलाई निर्देशन दिएका थिए । वडामा रहेको एउटै स्वास्थ्य चौकी नै जालबारी सामुदायिक स्वास्थ्य चौकी हो । यसलाई सुविधासम्पन्न बनाउन कांग्रेसले हर तरहले पहल गरिरहेको छ ।
कांग्रेसले उक्त चौकीलाई वडामा रहेका संक्रमितहरुका लागि आइसोलेसन बनाएर उपचार गर्न समेत स्थानीय सरकारसँग माग गरेको छ । बलेफि गाउँपालिकाले संक्रमितका लागि जुगल गाउँपालिकाको रत्न राज्य माविमा सयुक्त आइसोलेसन बनाएपनि त्यो अपायक भएको सभापति थापाले बताए । तसर्थ पनि वडाका संक्रमितहरुलाई उपचार गर्न जालवारीको चौकीलाई सुविधासम्पन्न बनाइ थप स्वास्थ्कर्मीको व्यवस्था गरी उपचार गर्नुपर्ने कांग्रेसको माग छ ।




