प्रदेशराष्ट्रियस्थानीय

पर्साका एकै परिवारका १८ जनाले कोरोनालाई जिते

बीरगञ्ज । बीरगञ्जस्थित नाराययणी अञ्चल अस्पतालबाट २ महिनाका बालकसहित १८ जना कोरोना भाइरसलाई पराजित गरी डिस्चार्ज भएका छन् ।

आइतबार बेलुका उनीहरुलाई डिस्चार्ज गर्न लागिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन् । डिस्चार्ज हुने १८ जना एकै परिवारका सदस्य हुन् । नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत उनीहरु बीरगञ्ज महानगपालिका–३ का स्थानीय बासिन्दा रहेको उनले बताएका छन् । बस्नेतले उनीहरुको उपचारमा संलग्न नारायणी अस्पतालका मे.सु.डा. मदन उपाध्यासहित सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोथ गर्नेहरु हार्दिक नमन भनेका छन् ।

बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तो लाग्दैछ नेपालीहरुले एकपछि अर्को गर्दै कोरोना भाइरसलाई पराजित गर्दै जानेछन् ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>