
श्रावण २७ महोत्तरी, नविन साह।
महाेत्तरी जिल्लाकाे रामगाेपालपुर नगरपालिका स्थित रहेका प्राथमिक स्वास्थ्य केन्द्रका ल्याव टेक्निसियन बिनय पाण्डेमा काेराेना पाेजेटिभ देखिएकोले हिजो श्रावण २६ गत्तेबाट सम्पूर्ण सेवाहरु बन्द गरिएको छ।
जिल्लाकाे रामगाेपालपुर नगरपालिका स्थित रहेका उक्त प्राथमिक स्वास्थ्य केन्द्र सात दिनकाे लागि बन्द गरिएको स्वास्थ्य केन्द्रको संयाेजक अक्षेलाल दासले जनाएका छन। प्राथमिक स्वास्थ्य केन्द्रका ल्याव टेक्निसियनकाे काेराेना पाेजेटिभ देखिएकै कारणले बन्द गर्नु परेकाे जानकारी गराएको छ।
तर बिरामीलाई ध्यानमा राखी ईमरजेन्सी पहिलेकाे अवस्था सरह नै खुल्ला रहने छ। अहिले माैसम परिवर्तन भएकाे कारण ज्वराे जाँच गराउन आउने विरामिकाे संख्या निकै वढदै गईरहेकाे छ। तर सात दिन पछि मात्र प्राथमिक स्वास्थ्य केन्द्र संचालनमा आउने संयाेजक दासले बताएका छन ।




