वाई वाई ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन २०२१ सम्पन्न

ग्लोकलले अगस्ट २८, २९ र ३० गतेका दिन वाई वाई ग्लोकल अन्तराष्ट्रिय टिन
सम्मेलन पनि भव्यताका साथ सम्पन्न भएको थियो । राष्ट्रिय विकासका बाधाहरु र
संसारका विविन्न मुद्धाहरुलाई बुझ्न किशोरकिशोरीहरुको लागि यो एक मौकाको
रुपमा आयोजना गरिएको थियो ।
यस सम्मेलनमा राष्ट्रिय तथा अन्तरास्ट्रिय किशोरकिशोरीहरुको उपस्थिति रहेको थियो ।
यसबर्षको सम्मेलन ग्लोकलको पाँचौं संस्करण रहेको थियो भने नेपाल, भारत, पाकिस्तान, बंगलादेश, मेक्सिको,
संयुक्त राज्य अमेरिका, फिलिपिन्स, ट्युनिसीया, र लाइबेरिया लगाएतका
देशहरुबाट उनीहरु सम्मेलनमा अन्लाईन उपस्थिती जनाएका थिए। उक्त
सम्मेलनमा किशोरकिशोरीको अनुभव, विचार छलफल तथा ३ छुट्टा छुट्टै प्यानल
छलफल भएको थियो । प्यानल छलफलका विषय उद्यमशीलता, शसक्तिकरण तथा
सामाजिक दृष्टिकोण रहेको थियो ।
ग्लोकल अन्तरास्ट्रिय टिन सम्मेलन एक त्यस्तो मंच हो जहाँ किशोरकिशोरीहरुले
उद्यमशीलता, शसक्तिकरण तथा सामाजिक दृष्टिकोण बारेमा सिक्न सक्छन । मित्रता गास्न र
एक अर्काको संस्कृति बझन अन्तरक्रिया कार्यक्रम पनि राखिएको थियो । ग्लोकल
अन्तराष्ट्रिय टिन सम्मेलन संसारभरीका किशोरकिशोरीहरु संग सञ्जाल को सुरुवात र
विकास को अवसरहरु पहिचान गर्ने अवसर हो। दिगो मित्रता निर्माण र सांस्कृतिक
आदानप्रदान का साथै उनीहरूको विचारहरु, दीक्षा, अन्तरदृष्टि, दृष्टिकोण र अनुभव
साझा गर्न र विश्व मामिला आधारित प्रभावमा किशोरकिशोरीहरुलाई प्रतिबिम्बित गर्नु
पनि यो सम्मेलन को लक्ष्य हो ।
सम्मेलनको दौरान बिभिन्न सत्र र प्यानल छलफलका साथै विभिन्न कार्यशालाहरू पनि
आयोजना गरिएको थियो। कार्यशाला श्री शौरब लोहानी ज्यु द्वारा सी द अन्सीन
नामक कार्यशाला आयोजना गरिएको थियो त्यस्तै, उद्यमशीलता सम्बन्धी कार्यशाला
मुवर्श टिमले सन्चालन गरेको थियो। सम्मेलनको एक सबै भन्दा रोमाञ्चक क्षेत्र परामर्श सत्र थियो । सम्मेलनका
सहभागीहरूले शिक्षा, उद्यमशीलता, कुटनीति, लगायत नेपालका विभिन्न क्षेत्रका
नेताहरूसँग कुराकानी गर्ने अवसर पाएका थिए। परामर्शदातामा सुश्री नतसी फैजा परविन,
ओपन स्पेस नेटवर्कका संस्थापक, श्री राजेन्द्र सुवाल, डब्ल्यु डब्ल्यु यफ नेपालका
साझेदार उप निर्देशक, श्री गौरव कँडेल, संस्थापक,भ्यु योर चोइस; नेक्स्ट
भेन्चर कपका संस्थापक÷प्रबन्ध श्री कवि राज जोशी, ; के डब्ल्यु यस् स्कूलका
प्रिन्सिपल श्री केशर खुलाल, कारखाना सह संस्थापक मुख्य कार्यकारी अधिकारी श्री
पवित्र गौतम, ईसेवाका मुख्य परिचालन अधिकारी श्री रोशन लामिछाने, र श्रीमती
प्रतिभा श्रेष्ठ, वरिष्ठ कार्यक्रम संयोजक, शिक्षा शाखा, युनेस्कोबाट अन्तरकृया गर्नु
भएको थियो।
तीन दिने वाई वाई ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन विभिन्न देशका प्रतिभाशाली
किशोर किशोरीहरुको उपस्थिति र उत्पादक अन्तर्क्रिरया, छलफल र प्रेरणादायक
परामर्शसत्र सहीत औपचारिक रुपमा सफलतापुर्वक समापन गरीयो ।




