
सिरहा, फागुन २०। पत्रकारको नाममा एमाले निकट केही व्यक्तिहरूको निर्देशनमा प्रेस चौतारी नेपाल सिरहा शाखालाई कुनै किसिमको जानकारी नदिएर अवैधानिक र सुनियोजित ढङ्गले सामानानतर समिति गठन गरेपछि प्रेस चौतारीमा विवाद बढेको हो।
गत बुधबार लहानमा एक कार्यक्रम गरी उक्त कार्यक्रमको प्रमुख अतिथि मुनि शाह विशिष्ट अतिथि एमाले पार्टीका जिल्ला अध्यक्ष चण्देश्वर मण्डल लगायतलाई अथिती बनाई करिब २१ जनाको जिल्ला समिति हुने गरी समितिको अवैधानिक र प्रेस चौतारी नेपाल सिरहा शाखाको विधि विधानको विपरीत समिति बनाएपछि विवाद बढेको हो। गत माघ २४ गते प्रेस चौतारी सिरहाले अधिवेशन आह्वान गरेतापनि विविध कारणले उक्त अधिवेशन स्थगित गरिएको थियो त्यसपछि चौतारीले हालसम्म अधिवेशन आह्वान नगरेको अवस्थामा बिना कुनै जानकारी जीबछ यादव अध्यक्ष हुनेगरी समिति गठन भएपछि प्रेस चौतारी सिरहा विवादमा गएको अध्यक्ष राम भरोसी महतोले बताएका छन्।
गत बुधबार अवैधानिक किसिमले गठन गरिएको समिति प्रति प्रेस चौतारीको गम्भीर ध्यानाकर्षण भएको र संयुक्त रूपमा विज्ञप्ती जारी गर्दै जीवछ यादवको साधारण सदस्य समेत खारेजीको माग गरेका छन्। पत्रकारको नाममा पार्टीको सामाचार लेख्ने अनि पत्रकारितालाई राजनीतिसँग जोडेर हिड्ने सिरहाका केही व्यक्तिका कारण विगतमा सिरहामा पत्रकारिता क्षेत्रमा नकारात्मक प्रभाव परेकोले अवैधानिक पत्रकारहरुलाई प्रेस चौतारी नेपाल सिरहा शाखाले तत्काल कारवाही अगाडि बढाउन जरुरी देखिन्छ।




