मनाेरञ्जन

‘समर लभ’ फूलपातीबाट रिलिज हुने

काठमाडौं । सुबिन भट्टराईको चर्चित कृति ‘समर लभ’मा आधारित रहेर निर्माण भएको फिल्म ‘समर लभ’ फूलपातीबाट रिलिज हुने भएको छ ।

निर्देशक मुस्कान ढकालले फिल्म दशैंको अवसर पारेर फूलपातीबाट डिसहोम मार्फत् सार्वजनिक हुन लागेको जानकारी दिए । हलमा प्रदर्शन भएको लामो समयपछि फिल्म स्याटालाइटमा आउन लागेको हो । ढकालले दशैंमा फिल्म हेर्ने दर्शकको परम्परालाई जिवन्त राख्न टिभीमै भएपनि रिलिज गर्न लागेको जानकारी गराए ।

डिसहोम पछि फिल्म म्याक्स प्लेयर र नेट टिभीमा पनि रिलिज गर्ने तयारी भइरहेको छ । मुस्कानले फिल्म तत्कालै युट्युबमा भने रिलिज नहुने जानकारी गराएका छन् । सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, शिशिर भण्डारी आदिकलाकारको अभिनय रहेको फिल्मगत सालको माघ २५ मा हलमा रिलिज भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>